सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति
सल्यान — शनिबार रातीको हावाहुरीले जिल्लाका १० स्थानीयतहमा चार दर्जन बढी विद्यालय भवन, स्वास्थ्यसंस्था, प्रहरी चौकी र स्थानीयको घरमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यान र स्थानीय तहको तथ्यांकअनुसार हुरीले कालिमाटी गाउँपालिका-५ बालुवा स्थित स्वास्थ्यचौकी भवन, सिर्जनशील मावि, झिगाने, जनसेवा आधारभूत विद्यालय, खड्गदेवी आधारभूत विद्यालय, दार्माको लक्ष्मी, सिद्धार्थ आधारभूत विद्यालय, कपुरकोट गाउँपालिकामा दहवन, सरस्वती आधारभूत विद्यालय, बन्गाड कुपिण्डे नगरपालिकामा नेरामावि च्युराको भवनमा, बाग्चौर नगरपालिकाको पातिहाल्नास्थित प्रहरी पोष्ट र बाग्चौर नगरपालिका ३ चोरपानी स्थित स्वास्थ्यचौकी, अमरज्योती मावि , तीन दर्जन बढि स्थानीयको घरमा क्षति पुर्याएको हो ।
sources- Kantipur
