समाचार

रेड पाण्डा संरक्षणमा थपिँदै चुनौती

Red Panda (Ailurus fulgenst), Sagarmatha National Park ... जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको तिम्मादेखि साल्पासिलिछो गाउँपालिकाको दोभानेसम्ममा देखापर्दै आएको दुर्लभ रेड पाण्डा  संरक्षणमा चुनौती थपिँदै गएपछि रेड पाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले जिल्ला स्तरीय अन्तर्क्रिया सञ्चालन गरेको छ । पछिल्लो समय रेड पाण्डाको वासस्थान विनाश, वन जङ्गलमा भएको आगलागी, पूर्वाधार विकासमा प्रयोग गरिने विभिन्न खाले मेसिनको प्रयोगले वासस्थान खण्डीकरण, चोरी सिकार, उनीहरूको खाद्यान्न मालिङ्गो÷निगालोको कटानी तथा विनाश, संरक्षणसम्बन्धी समुदायमा सचेतनाको अभावका कारण रेड पाण्डा हराउँदै गएको छ । विश्वको सुन्दर र लजालु स्तनधारी वन्यजन्तु रेड पाण्डा(हाब्रे)संरक्षण कै अभावमा लोप हुने अवस्थाको उच्च जोखिममा रहेको छ । विश्वभर दुर्लभ रहेको वन्यजन्तु रेड पाण्डा मासु, छाला, आखेटोपहारका लागी चोरी सिकार भएसँगै यो जनावर लोप हुदै गएको हो ।

Source- Gorkha Khabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x