राष्ट्रियसमाचारसूचना प्रविधि

मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा

कालीकाेट – मुगुको मुगुम कार्मारोङ गाउँपालिका–४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएको छ ।

 

विकट क्षेत्रमा प्रभावकारी दूरसञ्चार सेवा पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेशको विकट बस्तीमा फोरजी मोबाइल सेवा विस्तार गरिएको टेलिकम प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार गाउँपालिकाका सबै वडाअन्तर्गत पर्ने डोल्फु, पुलु, किम्री, कार्तिके, दारा, रिउसा गाउँ र पदयात्रा मार्गका सेवाग्राहीले फोरजी सेवा प्राप्त गर्नसक्ने भएका छन् ।

#nepaltelicom#mugu #मुगुम कार्मारोङ गाउँपालिका#कर्णाली प्रदेश#कालीकाेट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x