खेलकुदराष्ट्रियसमाचार

पुलिसमाथि धनगढीको सनसनीपूर्ण जित

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका कैलालीले महिला राष्ट्रिय लिगमा विभागीय नेपाल पुलिस क्लबमाथि सनसनीपूर्ण जित निकालेको छ । धनगढीले पुलिसलाई ३–२ ले पराजित गरेको हो ।

चितवनको भरतपुरस्थित सारदा माविको खेल मैदानमा मंगलबार भएको खेलमा चन्द्रा भण्डारीले दुई तथा विर्सना चौधरीले गोल गरिन् । पुलिसकी रेखा कुमारी पौडेलले दुई गोल गरेपनि हार टार्न सकेन ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा ५५औं मिनेटमा चन्द्रा भण्डारीको गोलबाट धनगढीले सुरुवाती अग्रता लिन सफल भएको थियो । ६५औं मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै धनगढीको अग्रता दोब्बर पारिन् ।

७३औं मिनेटमा रेखा कुमारी पौडेलले गोल गर्दै पुलिसलाई खेलमा फर्कने संकेत दिइन् । ८२औं मिनेटमा विर्सना चौधरीले गोल गर्दै धनगढीलाई ३–१ ले अघि बढाईन् । ८८औं मिनेटमा रेखाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस स्तब्ध बन्न पुग्यो ।

यस्तै लिगकै अर्काे खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकालेको छ ।

source:hamrokhelkud

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x