हलेसी दर्शनबाट फर्किंदै गरेको माईक्रोबस दुर्घटना
हलेसी दर्शनबाट फर्किंदै गरेको माईक्रोबस दुर्घटना: १ को मृत्यु, १४ घाइते भएको खबर छ। खोटाङ, साउन १९ – सिराहाबाट खोटाङको हलेसी महादेव दर्शन गरेर फर्किंदै गरेको यात्रुबाहक माईक्रोबस खोटाङको हलेसी तुवाचुङ नगरपालिका जयरामघाट नजिकै दुर्घटनामा परेको छ।
दुर्घटनामा एक जनाको घटनास्थलमै च्यापिएर मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि लगिएको छ। माईक्रोबसमा जम्मा १६ जना यात्रु सवार थिए।
प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ भने विस्तृत विवरण संकलन हुँदैछ। बृस्तित विवरण आउन बाकी ।
हलेसी दर्शनबाट फर्किदै गरेको माइक्रोबस दुर्घटना
